Logo १० मंसिर २०८२, बुधबार | Wed Nov 26 2025


संसद अवरोध भएपनि संशोधन विधेयक पेस गर्ने कांग्रेस–मधेसी मोर्चाबीच सहमति


0
Shares

                                                                                       फाइल फोटो
कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको कांग्रेस र मोर्चाबीचको बैठकमा सो सहमति भएको हो ।

बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै कांग्रेसका नेता गोपालमान श्रेष्ठले अब बस्ने व्यवस्थापिका–संसदको बैठकमा संविधान संशोधन विधेयक र निर्वाचन ऐन प्रस्तुत् गरिने जानकारी दिँदै नेकपा एमालेसँग सो विषयमा छलफल गरिने तर संसद अवरोध भएपनि विधेयक पेस गर्ने कुरा नरोकिने स्पस्ट पारे ।

मधेसी जनाधिकार फोरम नेपाल गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले कांग्रेसको सहमतिमा सरकारले संशोधन प्रस्ताव दर्ता गरेकाले पेस गर्ने कुरामा आफूहरुले पूर्णरुपमा सहयोग गर्ने बताउँदै वि.सं. २०७४ माघभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने भएकाले संशोधन प्रस्ताव पारित गराउने कुरामा मोर्चा लाग्ने स्पस्ट गरे ।

बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, नेता श्रेष्ठ र प्रकाशमान सिंह, मोर्चाका तर्फबाट तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत नेताको उपस्थिति थियो । रासस