‘उनीफेल्टका उत्पादनले युरोपेली बजारमा राम्रो पकड राख्न सफल’ « Image Khabar


‘उनीफेल्टका उत्पादनले युरोपेली बजारमा राम्रो पकड राख्न सफल’


Imagekhabar
१५ पुष २०७३, शुक्रबार १९:५९

वार्षिक झन्डै डेड अर्बको हाराहारीमा निकासी भइराखेको यसका उत्पादनका कच्चापदार्थको आयात भने न्यूजिल्यान्डबाट हुने गरेको छ ।

फेल्ट उद्योग क्षेत्रमा क्रियाशील उद्यमी एवं निर्यातकर्ताहरुको छाता संगठन नेपाल उनीफेल्ट उत्पादक तथा निर्यातक संघको वार्षिक साधारणसभाका अवसरमा उनीफेल्टले अन्तर्राष्ट्रिय बजार लिँदै गएको जानकारी गराइएको हो ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपाली उद्योगी–व्यावसायीहरुले उद्योगको विकासभन्दा बढी आयात व्यापारलाई प्राथामिकता दिएकाले नेपालमा उद्यमशीलता छ कि छैन भन्ने प्रश्नचिह्न खडा भएको बताए ।

उनले नेपाली उद्योगपतिहरुमा व्यक्तिगत लोभ रहेकाले आज हरेक उद्योगको विकासमा साझा धाराणा आउन नसकेको टिप्पणी गरे ।

मन्त्री जोशीले नेपालमा व्यावसाय गर्ने आधारभूतस्तम्भ निर्माण गर्नका लागी उद्योगसम्बन्धी दुईओटा ऐन पास भइसकोको र अरु बाँकी ऐन पास हुन बाँकी रहेकाले अब भिजनसहित उद्योगी–व्यवसायीलाई आउन आग्रह गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मुलुकको औद्योगिक विकास र निर्यात प्रवद्र्घनका सवालमा सरकारका काम–कारबाही सन्तोषजनक नरहेको गुनासो गरे ।

यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ उद्योग वाणिज्य महासंघ निर्यात प्रवद्र्घन समितिका सभापति अनुपबहादुर मल्ललगायतले निकासी व्यापारमा देखिएका वर्तमान समस्या र चुनौती विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्