
मरिण, कमला, चदाहालगायतका नदी र स्थानीय खोलाबाट विजुली उत्पादन गर्न सकिने भए पनि सम्बन्धित निकायले चासो नदिँदा खेर गइरहेको हो ।
विज्ञसहितको एक टोलीले तयार गरेको प्रतिवेदनमा सिन्धुलीमा धेरै विजुली उत्पादन गर्न सकिने र चिसो पानी भएका खोलामा ट्राउट माछा उत्पादन गरी आय आर्जनमा वृद्धि गर्न सकिने उल्लेख भए पनि सरकारी पक्षले चासो राखेको छैन ।
विद्युत् आयोजना सञ्चालन गरी रोपवेबाट रोडा, ढुंगा ओसार पसार, काठ तथा बाँसजन्य उत्पादनका कलकारखाना सञ्चालनका प्रशस्त सम्भावना भए पनि जिल्लाका नदी खोलाको व्यवस्थापन र सदुपयोग गर्न नसक्दा यस्ता नदीले उर्वरा कृषि योग्य जमिनको नदी कटान गरी मानव बस्ती नै जोखिममा पार्दै गएका छन् ।
प्रतिक्रिया दिनुहोस्