
पृथ्वी विचार अभियान नेपालले शनिबार राजधानीमा गरेको कार्यक्रममा वरिष्ठ नेता खनालले मुलुकमा लोकतान्त्रिक बाटोमा हिँड्ने प्रण सबैले गरिसकेकाले अब संविधान कार्यान्वयनमा ढिलाइ गर्न नहुने बताए ।
उनले पृथ्वीनारायण शाहले राष्ट्र एकीकरणमा गरेको योगदानलाई अहिलेको नेतृत्वले पनि आत्मसाथ गर्नुपर्नेमा जोड दिँदै पुस २७ गते उनकै सम्झनामा राष्ट्रिय एकता दिवस भव्यरुपले मनाउनुपर्ने विचार व्यक्त गरे ।
संविधान कार्यान्वयन नै पृथ्वीनारायण शाहको सच्चा सम्मान हुने उनको भनाइ थियो ।
कार्यक्रममा सहभागीहरुले मुलुकमा स्थायी शान्ति र राष्ट्रिय अखन्डतालाई जोगाइराख्न पृथ्वीनारायण शाहले गरेको योगदानको स्मरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्