‘सीमांकनको विषय थाती राखे संशोधन प्रस्तावमा छलफल गर्न एमाले तयार’

शनिबार काठमाडौंमा गरिएको साक्षात्कारमा सचिव ज्ञवालीले प्रदेश सीमांकन संशोधनको पक्षमा भने एमाले तयार नहुने बताए ।
उनले नागरिकता, भाषा र राष्ट्रियसभाको प्रतिनिधित्वका विषयमा भने संसदमा छलफल गर्न आफ्नो पार्टी तयार रहेको स्पस्ट पारे ।
यस्तै, नेपाली कांग्रेसका नेता एनपी साउदले संविधान संशोधन विधेयक पारित हुने दाबी गरे ।
उनले प्रमुख प्रतिपक्षी दल एमालेको सहयोगमै प्रस्ताव पारित हुने र मुलुक निर्वाचनमा जाने स्पस्ट पारे ।
संविधान संशोधनका विषयमा लचक बन्न उनले एमालेलाई आग्रह पनि गरे ।