जिरी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित « Image Khabar


जिरी क्षेत्रमा हिमपात, जनजीवन प्रभावित


Imagekhabar
१६ पुष २०७३, शनिबार १८:२६

                                                                            फाइल फोटो
जिरी बजारबाट माथि च्योर्दुङ डाँडामा शुक्रबार साँझदेखि नै हिमपात भएको भएपनि अहिले पटासे ठूलोढुंगा, काप्ती, हुनुमान्तेलगायतका क्षेत्रमा हिमपात सुरु भएको हो ।

हिमपात सुरु भएसँगै जिरी क्षेत्रको चिसोले जनजीवनसमेत प्रभावित बनेको छ ।

पुनःनिर्माणको काम सुरु हुन नसक्दा चिसोका कारण अस्थायी टहरामा रहेका भूकम्पपीडित बालबालिका तथा बृद्धबृद्धा प्रभावित भएका हुन् ।

त्यस्तै, रामेछापको तामेडाँडा, गुम्देल, देउराली शेरदिङ आसपासका क्षेत्रमा पनि हिमपात सुरु भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्