
पाँचथरको फिदिममा जारी प्रतियोगिताको शनिबार भएको खेलमा साइनो स्पोर्टिङ क्लब मोरङलाई १–० ले पराजित गर्दै ताप्लेजुङ अन्तिम आठमा पुगेको हो ।
खेलको ६१औं मिनेटमा खमिर गिल्सन कन्दङवा लिम्बूले ताप्लेजुङका लागि निर्णायक गोल गरे ।
प्रतियोगिताअन्तर्गत् आइतबार शेर क्लब कालिम्पोङ–भारत र बिर्ता युनाइटेड झापा–११ बीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल, भारत र भुटानका गरी १० टिम सहभागी प्रतियोगिताको विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्