सुरु भयो टेलिकमको ‘फोरजी’, थ्रीजीकै मूल्यमा, यस्तो छ सेवा « Image Khabar


सुरु भयो टेलिकमको ‘फोरजी’, थ्रीजीकै मूल्यमा, यस्तो छ सेवा


Imagekhabar
१७ पुष २०७३, आईतवार १९:५१

टेलिकमले आइतबारदेखि काठमाडौं उपत्यका र पोखराका केही स्थानमा पछिल्लो विकसित प्रविधि फोरजी सन्चालनमा ल्याएको हो ।

फोरजी सेवाको सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरे । थ्रीजीकै मूल्यमा फोरजी सन्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।

१ एमबी डाडाको १ रुपैयाँ लाग्ने छ । हालको थ्रीजीको तुलनामा फोरजी सेवा ५ गुणा बढी दु्रतगतिमा सन्चालन हुने टेलिकमको दाबी छ ।

फोरजी सेवा परियोजनाको कुल लागत ३६ लाख डलर अर्थात् ३८ करोड ८८ लाख रुपैयाँ रहेको टेलिकमले जनाएको छ ।

टेलिकमले ३२ दशमलव ४ एमबीपीएस डाटा क्षमताको फोरजी सेवा सन्चालनमा ल्याएको हो ।

हाललाई पोस्टपेडमामात्रै फोरजी सेवा दिएको टेलिकमले आफ्नो वार्षिकोत्सवका दिनदेखि प्रिपेडमा पनि यो सेवा विस्तार गर्ने प्रवक्ता प्रतिभा वैद्यले बताइन् ।

सन्चारमन्त्री कार्कीले टेलिकमले ढिलै भएपनि चौथो ‘जेनेरेसन’ सेवा फोरजी सुरु गरेको भन्दै यो सेवालाई देशैभर विस्तार गर्नुपर्ने बताए ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजी सेवाले सेवाग्राहीमा विविधता थपेको भन्दै यसलाई विस्तार गर्दै लैजाने बताइन् ।

३२ दशमलव ४ एमबीपीएसको गतिलाई बढाउने तयारी सुरु भैसकेको उनले बताइन् ।

उनले टेलिकमको नेटवर्क सुधार पनि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।

विश्व बजारमा फोरजी सेवा ७ वर्षअघि सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्