
नेपाल प्रेस युनियन काठमाडौं शाखाले सोमबार राजधानीमा गरेको कार्यक्रममा उनले राष्ट्रिय मेलमिलापको नीतिबाट संविधान कार्यान्वयन गर्न दलहरुलाई सुझाव दिए ।
संसद्मा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने भन्दै पारित गर्न सघाउन एमालेलाई आग्रह गरे ।
सबैलाई मान्य हुने साझा संविधान बनाउन संशोधन जरुरी रहेको जिकीर उनले गरे । कोइरालाले मधेसका माग र संशोधन प्रस्ताव अराष्ट्रिय भन्ने एमालेनै अराष्ट्रिय भएको आरोप लगाए ।
अरु वक्ताले भने मुलुक अहिले अप्ठ्यारो परिस्थितिमा भएको भन्दै सबै राजनीतिक दलको सहमतिबाटै अगाडि बढन सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्