एमालेले गर्यो सर्वोच्च अदालतको आदेशको स्वागत, संसद अवरोध नगर्ने

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी समितिको बैठकले सर्वोच्च अदालतको आदेश स्वागतयोग्य भन्दै संसद्मा गर्दै आएको अवरोध हटाउने निर्णय गरेको हो ।
वर्तमान संसदले प्रदेशको सिमांकन फेरबदल गर्न नसक्नेमा सर्वोच्च अदालतले स्पष्ट पारेको भन्दै एमालेले अब संसद् अबरुद्ध गर्नुको औचित्य नरहेको निष्कर्ष निकालेको हो ।
बैठकले संशोधन प्रस्ताव फिर्ता लिन सरकारलाई आग्रह गर्ने निर्णय पनि गरेको एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।
बैठकले संविधान संशोधन विधेयक परिमार्जन गर्ने सम्बन्धमा सत्तारुढ र विपक्षी अरु दलसँग छलफल गर्ने निर्णय गरेको छ ।
यसैगरी आगामी शुक्रबार काठमाडौंमा गर्ने भनिएको विरोध सभालाई सशक्त बनाउने निर्णय पनि बैठकले गरेको छ ।