२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राप्रपाले राख्यो एमाले र मधेसी मोर्चासहितको राष्ट्रिय सरकारको प्रस्ताव


0
Shares

मंगलबार (आज) दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो । अब अर्को बैठक यही पुस २४ गते दिउँसो १ बजे बस्नेछ ।

आजको बैठक स्थगित गरी पुस २४ गते राख्न संसदको कार्यव्यवस्था परामर्श समितिले सभामुख ओनसरी घर्तीलाई सुझाव दिएपछि सूचना टाँसेर बैठक स्थगन गरिएको हो ।

परामर्श समिति बैठकमा सभामुखले नेताहरुलाई पर्याप्त छलफल गर्न २४ गतेसम्मको समय दिने निर्णय सुनाएकी थिइन् ।

बैठक स्थगित गरेपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभामुख घर्तीले यस समयमा सहमति खोज्ने वचन नेताहरुले दिएको प्रतिक्रिया दिइन् ।

राष्ट्रिय सरकारको प्रस्ताव
संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भने नेकपा एमाले र मधेसी मोर्चासहितको राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव राखेको थियो ।

सीमांकनलगायतका विवाद मिलाउन उच्चस्तरीय शक्तिसम्पन्न कार्यदल बनाइ एक महिनाको समय दिन पनि राप्रपाको प्रस्ताव थियो ।