Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


फोरमले अहिले नै सरकार छाड्ने संभावना छैन्ः अध्यक्ष यादव


0
Shares

विराटनगर । उपप्रधानमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले सरकार छाड्ने संभावना नरहेको बताए ।

विराटनगरमा आज संचारकर्मीसंग कुरा गर्दै उनले राजपासंग शक्ति निमार्णका लागि सहमति भएपनि सरकार छाड्ने शर्त भने मान्य नहुने स्पष्ट पारे ।

मन्त्री यादवले शान्ति सुरक्षा खलवलाउन खोज्ने विप्लव समुहलाई प्रतिवन्ध लगाएर सरकारले आफनो दायित्व पुरा गरेको बताए ।

सिके राउतसंगको सम्झौतालाई गलत अर्थ लगाउन खोजिएको भन्दै उनले मुलुक विखण्डन गर्न खोज्ने समुहलाई राजनीतिक मुलधारमा ल्याउनु सरकारको सफलता भएको दावी गरे ।