२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


उत्तरी सिरियामा गरिएको हवाई आक्रमणमा २५ जिहादी मारिए


0
Shares

आक्रमणमा प्रमुख जिहादी संगठनका वरिष्ठ लडाका पनि मारिएको दावी गरिएको छ ।

ब्रिटेनस्थित सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सका अनुसार जबहाथ फतेह अल शाम नामक गूटमाथि आक्रमण अमेरिका वा रुस कसले गरेको भन्नेचाहिं खुलेको छैन ।

उक्त गूटका प्रवक्ताले भने आक्रमण अमेरिकाले गरेको दावी गरेको छ । पहिले यो गूटलाई नूस्रा फ्रन्टको नामले चिनिन्थ्यो ।

सिरियामा जारी युद्ध विराममा यो समूह संलग्न नरहेको रुस र टर्कीले जनाएका थिए । टर्की र रुसको पहलमा सिरियामा पछिल्लो पटक विहीवारदेखि फेरि युद्धविराम गरिएको छ ।

यसै महिनाको अन्तिममा कजाकिस्तानमा शान्ति वार्ता गर्ने तयारी गरिएको छ । तर विपक्षीले भने उक्त वार्तामा नबस्ने जनाएका छन् ।(एजेन्सी)