२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सभामुखले प्रधानमन्त्रीलाई भनिन्ः‘ पहलकदमी लिइदिनुहोस’


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार विहान प्रधानमन्त्रीसँग भेट गर्दै सभामुख घर्तीले दलहरुबीच दलहरुबीच सहमति गराउन प्रधानमन्त्रीको भूमिका महत्वपूर्ण हुने बताएकी हुन् ।

लगातार संसद बैठक अवरुद्ध हुँदा महत्वपूर्ण विषयहरुमा निर्णय लिन नसकिएको भन्दै सभामुख घर्तीले राजनीतिक संकट न्यून गराउन ध्यानाकर्षण गराउनु भएको उनका प्रेस संयोजक बबिन शर्माले जानकारी दिए ।

जवाफमा प्रधानमन्त्री दाहालले सभामुखले थालेको पहलप्रति धन्यवाद दिँदै अब संसद बैठक अवरुद्ध हुन नदिने आश्वासन दिएका थिए ।

संसद बैठक खुलाउन आफूले पहल गरिरहेको प्रधानमन्त्री दाहालको भनाइ थियो । राजनीतिक गतिरोध अन्त्यकै लागि सभामुख घर्तीले मंगलबार एमाले अध्यक्ष केपी ओली, नेता सुवास नेम्वाङ तथा कांग्रेस नेता रामचन्द्र पौडेलसँग पनि भेटघाट गर्नु गरेकी थिइन् ।

मंगलबार नै कांग्रेस सभापति शेरबहादुर देउवासँग सभामुखले टेलिफोन वार्ता गरेकी थिइन् । सहमति खोज्न दलहरुले समय मागेकैले सभामुखले मंगलबार नै संसद बैठक २४ गतेसम्मका लागि स्थगित गरेकी थिइन् ।