बुधबार सेयर बजार सम्हालियो « Image Khabar


बुधबार सेयर बजार सम्हालियो


Imagekhabar
२० पुष २०७३, बुधबार १९:५८

उतार–चढावबीच बजार परिसूचक नेप्से मात्र १ अंकले धनात्मक रहेर १४ सय ५७ दशमलव आठ दुई कायम भएर थामियो ।

सुरुआतीदेखि ओरालो लागेर २६ अंकले झरिसकेको नेप्से अपराह्नपछि सुधारिएको हो । कारोबार भने यस दिन पनि खुम्चियो ।

कारोबार भएकामध्ये आधा समूह सकारात्मक रहे भने आधा ऋणात्मक रहे । बीमा, जलविद्युत् र विकास बैंक समूह सकारात्मक रहे ।

बीमा समूहमा ८२ अंकको बृद्धि भएपनि जलविद्युत् र विकास बैंक समूहमात्र सकारात्मक रहेका हुन् । वित्त, अन्य र वाणिज्य बैंक समूह सामान्य अंकले ओरालो लागे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा ६ लाख ३८ हजार कित्ता सेयर ३२ करोड ९० लाख रुपैयाँ बराबरमा किनबमेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्