Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षाको ढाँचा फेरियो


0
Shares

यसअघि अंग्रेजी अङ्कका आठ आकारको वृत्तबाट शुरु भई यु घुम्ती, उकालो र टी पार्किङमा अन्त्य हुने गरेको थियो । नयाँ ढाँचा अनुसार टी पार्किङबाट ट्रायल शुरु हुने र अन्य ढाँचा यथावत रहने कार्यालयले जनाएको छ ।

‘सेवाग्राहीको चापलाई ध्यानमा राखेर कार्यालयले यस्तो निर्णय गरेको हो,’ कार्यालय प्रमुख तेजनायण यादवले भने, ‘अंग्रेजी अङ्क आठ आकारमा ट्रायल लिँदा यसले धेरै समय लिने भएकोले सेवाग्राहीले धेरैबेर कुर्नुपर्ने भयो । तर, टी पार्किङबाट ट्रायल शुरु गर्ने हो भने त्यसमा कम समय लाग्ने र पास भएर जानेले मात्र आठ आकारमा ट्रायल दिन पाउने भएकोले सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न सहज हुन्छ ।’

उनका अनुसार शुरूमै अंग्रेजी आठ आकारमा परीक्षा लिँदा एक सेवाग्राहीलार्इ कम्तीमा पनि १० मिनेटसम्म अर्को सेवाग्राहीले कुर्नु पर्ने हुन्थ्यो । तर, शुरूमा टी पार्किङको परीक्षा लिँदा एउटा सेवाग्राहीलार्इ ३ मिनेटभन्दा बढी समय लाग्दैन । र, टीमा पास हुनेले मात्र आठमा जान पाउने भएकोले चाप व्यवस्थापनमा सहयोग मिल्न सक्छ । –नागरिक दैनिकबाट