२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


भारतीय ‘थिंक ट्यांक’ को निष्कर्ष : नेपाल चीनसँग नजिक हुँदै


0
Shares

भारत सरकार निकट रहेको अब्जर्भर रिसर्च फाउन्डेसनको अध्ययन प्रतिवेदनमा सार्क सदस्यहरुको भारतसँग भन्दा पनि चीनसँग बलियो दुई पक्षीय सम्बन्ध रहेको उल्लेख छ ।

संस्थाका मुख्य हर्ताकर्ता नेपालका लागि भारतीय पूर्वराजदूत श्यामशरण हुन् । अध्ययन प्रतिवेदन बुधबारमात्र सार्वजनिक गरिएको हो ।

संस्थामा सिनियर फेलोका रुपमा कार्यरत जयश्री सेन गुप्ताले सार्कबारे तयार पारेको प्रतिवेदनमा सार्क मुलुकहरुमध्ये पनि विशेष गरी नेपालमा चीनको प्रभाव बढेको उल्लेख छ ।

आलेखमा भनिएको छ, ‘नेपाल विशेषगरी चीनसँग नजिक हुँदै गएको छ र नेपालमा चीनले ठूलो मात्रामा लगानी गरिरहेको छ ।’ –कान्तिपुर दैनिकबाट