२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


ओसामा बिन लादेनका छोरा आतंककारीको सूचीमा सामेल


0
Shares

हमजा आतंककारी गतिविधिमा सक्रिय रुपमा सहभागी रहेकाले उनलाई कालोसूचीमा राखिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

हमजाले अब अमेरिकी कुनै पनि कम्पनीसँग व्यावसायिक सम्झौता गर्न पाउने छैनन् । यस्तै अमेरिकी भूमिमा उनले सम्पत्ति राख्न पाउने छैनन् ।

हमजा सन् २०१५ मा औपचारिक रुपमा अलकायदाको सदस्य बनेका थिए । उनले पार्टीमा बुवा ओसामा बिन लादेनको ठाउँ लिने अनुमान गरिएको छ ।

हमजाले अलकायदाको सदस्यता लिएसँगै पश्चिमा देशका राजधानीमा आक्रमण केन्द्रित गर्ने बताउँदै आएका थिए ।

अलकायदाका पूर्व नेता ओसामा बिन लादेन अमेरिकी गठबन्धन सेनाले सन् २०११ मा पाकिस्तानको एबोटावादमा गरेको विशेष सुरक्षा कारवाहीमा मारिएका थिए । (एजेन्सी)