२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


फलफूल कृषकलाई बगैंचा सुधार तालिम


0
Shares

सुन्तला जातका फलफूलमा केही वर्ष यता विभिन्न रोग देखिन थालेपछि जिल्ला कृषि विकास कार्यालय डडेल्धुराले कृषकलाई तालिम दिएको हो ।

सुन्तला जातका फलफूलका पात पहेंलो हुँदै जाने, बिस्तारै सुक्दै जाने गरेपछि समस्या देखिँदै आएको थियो । कार्यालयले अमरगढी–९ बिरपत्तामा किसानकै बगैंचामा प्रयोगात्मक सुन्तला जात बगैंचा सुधार सुदृढीकरण स्थलगत तालिम दिइएको हो ।

जुनार तथा सुन्तला उत्पादन घट्दै गएको गुनासो आएपछि ठूलो लगानी रहेको फलफूल खेतीलाई दिगो संरक्षण तथा प्रबर्द्धन गर्न तालिम दिइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।