पर्यटन उद्योगको विकासका लागि गुरुयोजना बन्छ : राज्यमन्त्री बानियाँ « Image Khabar


पर्यटन उद्योगको विकासका लागि गुरुयोजना बन्छ : राज्यमन्त्री बानियाँ


Imagekhabar
२२ पुष २०७३, शुक्रबार १२:२३

गणेश हिमाल पर्यटन विकास समितिको पाँचौ साधारणसभामा उनले पर्यटन क्षेत्रलाई सरकारले आर्थिक मेरुदण्डका रुपमा लिएको भन्दै त्यही अनुरुप महत्व दिएर अगाडि बढ्ने बताए ।

पर्यटन क्षेत्रको विकासबिना नेपालको आर्थिक विकास सम्भव नरहेको उनको भनाइ थियो । उनले यसको विकासका लागि सरकारले दिगो रणनीति बनाउने जानकारी दिए ।

जलवायु परिवर्तनका कारण नेपालको प्राकृतिक तथा जैविक विविधतामा असर पुगेको भन्दै उनले हिमाल संरक्षणमा लाग्न व्यवसायीहरुसँग आग्रह गरे ।

कार्यक्रममा विभिन्न पर्यटन व्यवसायी र सञ्चारकर्मीलाई सम्मान गरिएको थियो । गणेश हिमाल पर्यटन समितिको अध्यक्षमा आगामी दुई बर्षका लागि पर्यटन व्यवसायी तेजबहादुर गुरुङलाई निर्वाचित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्