२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पर्वतमा उत्पादित लप्सीका परिकार अमेरिकासम्म


0
Shares

मुडिकुवामा सन्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा उत्पादित लप्सीको १० ओटा परिकार अमेरिका पठाउन थालिएको हो ।

लप्सीको माडा, अचार, क्यान्डी, तितौरा, जामलगायत परिकार उद्योगले गत वर्षदेखि अमेरिका पठाउन थालेको हो ।

१५ वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले गत वर्ष लप्सीको विभिन्न परिकार करिब तीनसय किलो अमेरिका पठाएको थियो ।

यसवर्ष १० मेट्रिकटन लप्सीका परिकारको माग भएको उद्योगका सन्चालक थानेश्वर भुसालले बताए ।

अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्ने क्रिग सेभरले आफैं उद्योगमा आएर गतवर्ष लप्सीका परिकार र कफी अमेरिकामा बिक्रीका लागि लगेका थिए ।

यसवर्ष उद्योगले ४० टन लप्सी प्रशोधन गर्ने लक्ष्य राखेको छ ।

वनपाखामा त्यसै खेरजाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि जिल्लाका विभिन्न गाविसमा यसको व्यवसायिक खेती गर्न थालिएको छ । रासस