१० आश्विन २०८०, बुधबार | Wed Sep 27 2023


नौबिसे-नागढुंगा सुरुङ मार्गको डीपीआर अध्ययन गर्दै जाइका


0
Shares

काठमाडौं, असार २३ । नौबिसे–नागढुंगा सुरुङ मार्गको निर्माणकालागि तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) जापानी सहयोग नियोग (जाइका) पठाइएको सडक विभागले जनाएको छ ।

जापान सरकारको ऋण सहयोग बन्ने सुरुङ मार्ग निर्माणका लागि सहमति जुटाउन विभागले डिपिआर जाइका पठाइएको हो ।

कन्सल्टेन्टले बनाएको डिपिआरलाई विभागले पास गर्दै ऋण सहयोग लिन प्रकृया पुर्याउन आवश्यक रहेको भन्दै डिपिआरका बारेमा जापान सरकारको सहमतिका लागि जाइका पठाएको विभागका इन्जिनियर छविलाल पौडेलले बताए ।

कन्सल्टेन्टले बनाएको डिपिआर सहमतिको लागि जाइका पठाएका छौँ । डिपिआर विभागले पास गरेर जाइका पुगेको छ,’ उनले भने ।

सहमतिका लागि विभागले ३ हप्ता अघि पठाएको डिपिआरमाथि जाइकाले अध्ययन गरिरहेको इन्जिनियर पौडेलले बताए ।

उनका अनुसार अध्ययन पछि डिपिआर ठिक छ वा अलि अलि करेक्सन गर भन्ने जवाफ जाइकाबाट आउन सक्ने आशंका उनले ब्यक्त गरे ।

जाइकाले अध्ययन सम्पन्न गरेर डिपिआर करेक्सन गर्नु नपर्ने गरी विभागमा आएमा २ हप्ता भित्र विभाग सुरुङ निर्माणका लागि टेन्डरमा जाने तयारीमा गरेर बसेको छ ।

विभागलाई जाइकाले उक्त डिपिआर करेक्सन गर भन्यो भने करेक्सन गर्न १ महिना लाग्न सक्ने विभागले जनाएको छ ।

जाइकाले डिपिआर अध्ययन गरिरहेकोले कस्तो जवाफ आउने भन्नेमा विभाग अहिले पर्ख र हेरको अबस्थामा छ ।

यता जाइका नेपाल कार्यालयका सिनियर प्रोग्राम म्यानेजर सौरभ राणाले इस्ट्यान्डर्ड विडिङमा जान डकुमेन्ट ठिक छ कि छैन भनेर नौबिसे–नागढुंगा सुरुङ मार्गको कागजात अध्ययन गरिरहेको बताए । नेपाल समाचारपत्र दैनिकबाट