Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


‘प्रधानमन्त्रीले कम्युनिस्ट लोकतन्त्र स्थापना गर्न लागे’


0
Shares

कपिलवस्तु, चैत २ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपतिशमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट लोकतन्त्र स्थापना गर्न लागेको आरोप लगाएका छन् ।

शनिबार राप्रपा सयुंक्त कपिलवस्तुले तौलिहवामा आयोजना गरेको आमसभामा बोल्दै उनले राष्ट्रिय सुरक्षा समितिको सिफारिसबिना प्रधानमन्त्रीले ठाडै सेना परिचालनको प्रस्ताव गर्नसक्ने विधेयकले सरकार कम्युनिस्ट लोकतन्त्रतर्फ अगाडि बढेको जिकिर गरे ।

पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले संविधानमा हिन्दू पहिचान कायम गर्न संविधान संशोधन आवश्यक रहेकोमा जोड दिए ।