१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जलेश्वरको बजेट रु २३ करोड, दशरथ चन्दको रु १३ करोड


0
Shares

नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले चालु खर्चतर्फ रु आठ करोड नौ लाख २५ हजार र पुँजीगत खर्चतर्फ रु १५ करोड ३३ लाख ९६ हजार पाँच सयको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बजेटभित्र नगरपालिका कार्यालयका विकास बजेटसहित विभिन्न दातृ निकायको बजेट पनि समावेश रहेको बताए।

बजेटमा आव २०७४÷०७५ मा जलेश्वर नगरक्षेत्रमा पर्यटन प्रवद्र्धन गरिने, जलेश्वरनाथ प्रवेशद्वार, वाइपास तथा चक्रपथ निर्माण, शौचालय, ढल, वृक्षरोपण र जलेश्वर महोत्सव गराउने कार्यक्रम छन् ।

यता बैतडीस्थित आगामी आवका लागि रु १३ करोड ४० लाख १६ हजारको बजेट विनियोजन गर्दै दशरथचन्द नगरपालिकाको लोकतान्त्रिक गणतन्त्रपछि १० औँ नगरपरिषद् शुक्रबार सम्पन्न भएको छ ।

परिषद्ले चालुतर्फ रु ७५ लाख ८५ हजार, सामाजिक सुरक्षातर्फ रु पाँच करोड, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमतर्फ रु ४५ लाख, युनिसेफ कार्यक्रमतर्फ रु २० लाख, स्वास्थ्य कर्मचारीतर्फ रु छ लाख २० हजार, भवन निर्माणतर्फ रु ७५ लाख, सौर्य बत्तीतर्फ रु ४० लाख, नगर सरसफाइतर्फ रु १५ लाख ५० हजार र पुँजीगततर्फ रु पाँच करोड ६२ लाख ६१ को बजेट प्रस्ताव गरेको छ ।

कार्यकारी अधिकृत अर्जुन शर्माले नगरपालिकालाई हरित र बालमैत्री नगर बनाइने, विपद् जोखिम व्यवस्थापन योजना बनाई कार्यान्वयनमा ल्याउने लगायतका नीति समावेश गरिएको जानकारी दिए ।

सो अवसरमा सांसद नरबहादुर चन्दले नगरपालिकाले लिएका नीति कार्यान्वयनमा सबैले लाग्नुपर्ने बताए ।

यसैबीच सिद्धेश्वर गाउँपरिषद्ले आगामी आवका लागि रु एक करोड २० लाख ३५ हजार नौ सय ९९ विनियोजन गरेको छ ।

परिषद्ले सिद्धेश्वरमा बालमैत्री उद्यान, भ्युटावर निर्माणलगायत सार्वजनिक महत्वका कार्यक्रमसमेत पारित गरेको छ । रासस