
यो साता नेपाल स्टक एक्सचेन्जमा १४९ कम्पनीहरुको साढे ४५ लाख कित्ता बराबर सेयर दुई अर्ब १६ करोड रुपैयाँ बढीमा खरिद–बिक्री भएको एक्सचेन्जले जनाएको छ । कारोबार रकम गत साताकोभन्दा २.७१ प्रतिशत बढी हो ।
गत साता १४७ कम्पनीहरुको ५२ लाख ४४ हजार कित्ता सेयर दुई अर्ब ११ करोड रुपैयाँ बराबरमा किनबेच भएको थियो ।
उत्पादनमूलकबाहेक अरु सबै समूह ऋणात्मक रहन पुगे । बीमा समूह सबैभन्दा उच्च १ सय ४३ अंकले ओरालो लाग्यो ।
यो साता कारोबार रकमको आधारमा नेपाल दुरसन्चार कम्पनी अग्रस्थानमा रह्यो । दुरसन्चारलाई एभरेस्ट बैंक, नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंक अनि बैंक अफ काठमाडौं लुम्बिनीले क्रमशः पच्छउन पुगे ।
यो साता नेप्सेमा मिथिला लघुवित्त वित्तीय संस्था र पूर्णिमा विकास बैंकको हकप्रद सेयर सूचीकृत भएका छन् ।
यस्तै, नबिल बैंक, अपि पावर, नेपाल इन्भेस्टमेन्ट बैंक, कन्ट्री डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स अनि कावेली विकास बैंकका बोनस सेयर पनि सूचीकृत भएको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्