२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुनको भाउ सातामा १ हजारले बढ्यो


0
Shares

आइतबार तोलाको ५२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य लगातार उकालो लागेर शुक्रबार तोलाको ५३ हजार ७ सय रुपैयाँ कायम हुन पुग्यो ।

चाँदीको भाउ पनि आइतबार तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबारसम्म तोलामा २५ रुपैयाँले बढेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार हुन पुग्यो ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस ११ सय ५१ डलर हाराहारीमा कारोबार भैएकोमा शुक्रबार ११ सय ८० डलर हाराहारीमा कारोबार हुन पुगेको थियो ।

अमेरिकी डलर कमजोर हुनु र सुनको मूल्य १२ सय प्रतिऔंससम्म पुग्ने अनुमानका कारण सुनको भाउ उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघको विश्लेषण छ ।