२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


महिलाहरुले लिन थाले सुन्तला खेतीबाट मनग्गे आम्दानी


0
Shares

घरायसी काममा सीमित र परिवारका अरु सदस्यमा निर्भर महिलाले आफ्नै सक्रियतामा धमाधम सुन्तला खेती विस्तार गरेपछि तीन वर्षयता मनग्गे आम्दानी गर्न थालेका हुन् ।

महिलाको नेतृत्व रहेका कृषक समूहले व्यवसायीक रुपमा सुन्तला खेती गरेर वार्षिक २ देखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएका हुन् ।

सामान्य खर्चको जोहो गर्न श्रीमान् र छोराछोरीमा निर्भर हुनु परेका महिला सुन्तला खेतीबाट पुरुषभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । सुन्तला खेतीले आत्मनिर्भर र आर्थिक अभावबाट मुक्त गराएको उनीहरुले बताए ।