
आफुहरुले परल मूल्यसमेत नपाउने तर ग्राहकले भने महँगोमा किन्नुपर्ने अवस्था रहेको भन्दै उनीहरुले सरोकारवालाको ध्यानाकर्षण गराएका हुन् ।
ग्रामिण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उत्पादनको बजारीकरणमा सघाउने उद्देश्यले सदरमुकाम सिन्धुलीमाडीमा गरिएको कृषक–व्यापारी अन्तरक्रियामा उनीहरुले उत्पादक र उपभोक्ता बिचौलियाको मारमा परेको गुनासो गरे ।
अन्तरक्रियामा किसानले उत्पादन गरेका फलफूल र तरकारीजन्य उत्पादनको उचित मूल्य नपाउने र ग्राहकले भने महँगोमा किन्नुपर्ने अवस्था रहेको औंल्याए ।
उनीहरुले बजारमा उत्पादक र उपभोक्ता बिचौलियाको मारमा परेको गुनासो गरेका थिए । कृषि उपज बिक्रेताले भने गुणस्तरीय वस्तु उत्पादन गर्न नसक्दा नेपाली बजार विदेशी उत्पादनले ओगटिरहेको भन्दै स्वदेशी उत्पादनले उचित बजार पाउन नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस्