२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कंकेश्वरी दाफा खलः समाजद्वारा सम्मान


0
Shares

राजधानीको यट्खा टोलमा आयोजना गरिएको कार्यक्रममा परम्परागत बाजा संरक्षणको अलावा पुराना बाजाहरु बजाउन सिकाउने गुरुहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा ईमेज च्यानलका महाप्रबन्धक रघुबरभक्त मानन्धरले परम्परागत दाफा खलः समाजले परम्परागत बाजा संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याएकोमा सराहना गरे ।

कार्यक्रममा कुमारी नृत्य, झ्याउरे नाचलगायतका नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।