७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024


कहाँ कहाँ छ केबलकारको संभावना ? अनुमति कुर्दै २३ कम्पनी


0
Shares

काठमाडौं, असार २३ । नेपालका पहाडी भेगमा पर्यटन व्यवसायका लागि केबलकार कम्पनी संचालनको अनुमतिका लागि २३ कम्पनीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुमति मागेका छन् ।

नेपालमा केबलकारको संभावना देखिएपछि यी कम्पनीले पर्यटकीय स्थल रुट बनाएर संचालन अनुमति माग गरेका हुन । अनुमति माग गर्ने कम्पनीको संख्या बढ्न सक्ने मन्त्रालयले अनुमान गरेको छ ।

मन्त्रालयका प्रमुख विभागीय इन्जिनियर(सीडाई) ध्रुव श्रेष्ठका अनुसार अनमति माग्ने कम्पनी मनग्गे छन् ।

इलामको पाथिभरा दर्शन प्रालि, बुढानीलकण्ठदेखि शिवपुरी डाँडासम्मको त्रिवेणी केवुलकार, इलाम–पाथीभरा दर्शन, हिमाल दर्शन, दिब्य दर्शन, त्रिबेणी केवललगायतका कम्पनी निर्माण चरणमा छन् ।

मौलाकालिका डेभलपमेन्ट, त्रिवेणी केवलकार, सगरमाथा रोपवे, लिक सेवा, मालिका रोपवे, मुक्तिनाथ दर्शन, घ्याम्पेफेदी गोसाइकुन्ड केबलकार, सिद्धेश्वर पर्यटन सहकारी, सिद्धबाबा केबलकार, गोशाइकुन्ड दर्शन प्राली र शिवपुरी इकोटुरिजम एन्ड केबलकारलगायतका कम्पनीले मन्त्रालयसँग संचालन अनुमति मागेका छन् । –राजधानी दैनिकबाट