२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


फागुन दोश्रो साता विराटनगरमा विराट एक्स्पो


0
Shares

आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने नाराका साथ विराट एक्स्पो आयोजना गर्न लागिएको हो । उद्योग संगठन मोरङको आयोजनामा आगामी फागुन ११ देखि १७ गतेसम्म विराट एक्स्पो हुन लागेको हो ।

उद्योग संगठन मोरङले आइतबार पत्रकार सम्मेलन गरी यसबारे विस्तृत जानकारी गराएको हो । नेपालका अतिरिक्त भारत, चीन, बंगलादेश, पाकिस्तानका समेत औद्योगिक उत्पादन एक्स्पोमा राखिने आयोजकले जनाएका छन् ।

एक्स्पोमा २ सय २० स्टल रहने जनाइएको छ । एक्सपोको ३ लाख बढीले अवलोकन गर्ने र दैनिक ६ देखि ७ करोडको कारोबार हुने आयोजकको अपेक्षा छ ।