१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


राष्ट्रिय योजना आयोगद्वारा १४औं योजनाको दस्तावेज स्वीकृत


0
Shares

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकले आर्थिक वर्ष ०७३/०७४ देखि ०७५/०७६ को विस्तृत दस्तावेज पारित गरेको हो ।

प्रधानमन्त्री तथा आयोगका अध्यक्ष पुष्पकमल दाहालले समय अगावै १४औं योजना आएको र यसले योजनाको लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

अहिले पनि मुलुक संक्रमणकै चरणमा रहेको, संविधान निर्माणपछि राजनीतिक संक्रमण केही हदसम्म समाधान भएपनि संघीयताको कार्यान्वयन नहुँदासम्म आर्थिक योजना र संरचनाको संक्रमण बाँकी नै उनले बताए ।

‘अबको हाम्रो आर्थिक योजना पनि संघीयता कार्यान्वयन, प्रादेशिक संरचना र योजना निर्माणमा केन्द्रित हुनु पर्छ,’ उनले भने ।

मूख्यसचिव डा.सोमलाल सुवेदीले संघीयता कार्यान्वयनको चरणमा रहेकाले आगामी योजनाले संघीयता कार्यान्वयन, कर्मचारी व्यवस्थापन र प्रादेशिक संरचना र पूर्वाधार निर्माणमा जोड दिएको बताए ।