संशोधन प्रस्ताव विफल पार्ने एमाले नेता नेपालको दाबी « Image Khabar


संशोधन प्रस्ताव विफल पार्ने एमाले नेता नेपालको दाबी


Imagekhabar
२५ पुष २०७३, सोमबार १०:१६

विराटनगरमा सोमबार पत्रकारहरुसँग कुराकानी गर्दै नेता नेपालले प्रतिपक्षी दल सबैको विरोध र असहमति हुँदाहुँदै पनि सभामुखले संसद्को रुलिङ विपरीत विधेयक दर्ता गराएको आरोप लगाए ।

संसदीय मूल्य र मान्यताविपरित सरकारले जबरजस्ती संविधान संशोधन विधेयक संसदमा पेश गरेको भन्दै उनले यसअघि प्रतिपक्षको विरोध र असहमति हुँदा संसद् बैठक स्थगित गर्ने चलन रहँदै आएकोमा त्यसविपरीत गएर संशोधन विधेयक दर्ता गराउनु अशोभनीय भएको जिकीर गरे ।

संसदमा जबरजस्ती पेश गरिएको संविधान संशोधनको प्रस्ताव जसरी पनि विफल तुल्याएरै छाड्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्