
राष्ट्रपति निकोलस मडुरोले ज्याला र पेन्सन वृद्धिले काम र आम्दानी संरक्षण गर्ने बताए । यस वर्षमात्रै पाचौं पटक वृद्धि गरिएको ज्याला र पेन्सनले कामदार, सुरक्षाकर्मी र पेन्सन लिनेहरु लाभान्वित हुने उनको विश्वास छ ।
तर आलोचकहरुले भने सरकारी कदमले आर्थिक संकट थप खराब बनाउने बताएका छन् । विपक्षीहरुले तेलको धनी मुलुक भएर पनि सही व्यवस्थापनको अभावमा आर्थिक संकट गहिरिएको भन्दै मडुरोको आलोचना गरेका छन् ।
अन्तर्राष्ट्रिय मौद्रिक कोषले यो वर्ष भेनेजुयलामा मुद्रास्फिति १६ हजार प्रतिशत पुग्ने जनाएको छ । विश्व मै भेनेजुयलामा मुद्रास्फिती दर उच्च छ ।
घट्दो तेलको मूल्यका कारण निर्यात प्रभावित भएको छ । खाद्यान्न, औषधि लगायत आधारभूत वस्तुको अभाव चुलिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्