
सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत, गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बिहान साढे १० बजे हात्तीको आक्रमणबाट गम्भीर घाइते भएकी उनको चितवन मेडिकल कलेजमा उपचारकाक्रममा मृत्यु भएको हो ।
हात्ती प्रजनन् केन्द्रमा घुम्नेक्रममा निकुञ्जबाट आएको हात्तीले उनलाई आक्रमण गरेको जनाइएको छ ।
सौराहामा पालुवा हात्तीसँग सहवासका लागि जंगलीहात्ती यहाँ आउने गर्दछन् । रासस
प्रतिक्रिया दिनुहोस्