
दुर्गा उपाध्याय (इमेज)
कन्चनपुर, चैत १ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ८ महिना पूरा हुँदैछ । तर, घटनामा संलग्न अपराधीको अझै पहिचान हुनसकेको छैन ।
घटनामा प्रमाण मेटेको भन्दै ८ जना प्रहरीविरुद्ध मुद्दा दिएकी निर्मलाकी आमा दुर्गादेवीले दिलीपसिंह विष्टतिर शंकाको सुइ घुमाएपछि घटनाले नयाँ मोड लिएको छ ।
कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको घटनाले फेरि नयाँ मोड लिएको छ ।
निर्मलाकी आमा दुर्गादेवीले प्रहरीविरुद्ध दिएको बयान फेर्दै यसअघि पक्राउ परेर छुटेका दिलीपसिंह विष्टमाथि नै आशंका गरेपछि घटनाले नयाँ मोड लिएको हो ।
उनले दिलीपसिंह विष्टमाथि नै अनुसन्धान गर्नुपर्ने भन्दै आफ्नी छोरीको हत्या विष्टले नै गरेको हुनसक्ने आशंका गरेकी छन् ।
घटनाको सुरुआतदेखि नै प्रहरीले प्रमाण मेटेको आरोप लगाउँदै आएकी पन्त एकाएक एसपी डिल्लीराज विष्टसहितका प्रहरीको पक्षमा उभिएपछि घटना रहस्यमयी बन्दै गएको छ ।
उनले ८ जना प्रहरीमाथि जिल्ला अदालतमा दायर भएको मुद्दा बदर गर्न निवेदनसमेत दिएकी छन् ।
दोषीलाई खुला छाडेर निर्दोषलाई जेलमा राख्न नचाहेको बताउँदै ज्यानको जोखिम मोलेरपनि आफूले वास्तविक अपराधीलाई सजाय दिलाउने पन्तको भनाइ छ ।
गत साउन ११ गते बलात्कारपछि हत्या गरिएकी निर्मलाको हत्या प्रकरणको ८ महिना पूरा हुँदैछ ।
यसबीचमा घटनाको अनुसन्धान र अनुसन्धानका टोलीमात्रै होइन, घटनास्थलको स्वरुपसमेत परिवर्तन भइसकेको छ । पन्तको शव भेटिएको उखुबारी अहिले गहुँबारीमा परिणत भएको छ ।
अनुसन्धानकाक्रममा प्रहरीले झन्डै १०० बढी स्थानीयलाई सोधपुछ गर्यो । सातजनालाई हिरासतमै लिएर अनुसन्धान गर्यो । पक्राउ परेका व्यक्तिहरु प्रमाणको अभावमा यसअघि नै छुटिसकेका छन् ।
तर, पछिल्लो समय निर्मलाकी आमा दुर्गादेवीले ‘बलात्कारी आफ्नै घर वरिपरि घुमिरहेको’ भन्दै दिलीपसिंह विष्टमाथि आशंका गरेपछि घटनाले नयाँ मोड लिएको हो ।
यसअघि, दुर्गादेवी र दिलीप विष्टका दाजु खडकसिंह विष्टको जाहेरीका आधारमा ८ प्रहरीमाथि मुद्दा दायर गरिएको थियो ।
यता, दुर्गादेवीलाई डर, त्रास वा प्रलोभनमा पारेर अडान फेर्न र प्रहरीको पक्षमा निवेदन दिन लगाइएको दिलीपका दाजु खडकसिंह विष्टको भनाइ छ ।
यसअघि, दिलीपलाई प्रहरीले पनि दोषी करार गरेको थियो । प्रहरीले निर्मलाको बलात्कार र हत्यामा एकमात्र अभियुक्त रहेको भन्दै गत भदौ ४ गते पत्रकार सम्मेलनमार्फत् दिलीप विष्टलाई सार्वजनिक गरेको थियो ।
तर, डीएनए नमिलेपछि अदालतको आदेशमा रिहा भएका दिलीपलाई दुर्गादेवीले आशंका गरेपछि घटनाले नयाँ मोड लिएको छ ।
प्रतिक्रिया दिनुहोस्