
धितोपत्र बोर्डले यसका लागि पछिल्लो समय थप १६ बैंक तथा वित्तीय संस्थालाई अनुमति दिएसँगै कुल २७ संस्था पुगेको बोर्डले जनाएको हो ।
यसमध्ये वाणिज्य बैंक १८ ओटा र ९ ओटा विकास बैंक रहेका छन् ।
साथै, उक्त प्रणालीमा समावेश हुन थप केही बैंक तथा वित्तीय संस्थाहरुको निवेदन प्राप्त भएको पनि बोर्डले जनाएको छ ।
यसका लागि अन्य निवेदन पनि आउनेक्रममा रहेको र निवेदनहरुको अध्ययन गरी योग्यता पुगेकालाई अनुमति प्रदान गर्दै जाने व्यहोरा पनि बोर्डले अवगत गराएको छ ।
प्रतिक्रिया दिनुहोस्