२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


आफ्नो बिदाइ भाषणमा भावुक भए ओबामा


0
Shares

राष्ट्रपतिका रुपमा शिकागोमा बिदाई भाषण दिंदै ओबामाले जातीय भेदभाव अन्त्यका लागि अझै धेरै काम गर्न जरुरी रहेको पनि बताए । आफ्नो कार्यकालमा ओसामा बिन लादेनलगायतका सयौं आतंककारीलाई समाप्त गरेको उल्लेख गर्दै उनले इराकबाट अमेरिकी सेनालाई फिर्ता गर्दै आर्थिक अवस्था राम्रो बनाउन सफल भएको बताए ।

ओबामाले बाहिरी आक्रमणप्रति अमेरिका सजग रहेको भन्दै रुस र चीनले अमेरिकासँग बराबरी गर्न नसक्ने स्पष्ट पारे ।

उनले आफ्नो कार्यकालमा इरान र क्यूवासँगको सम्बन्धमा निकै सुधार आएको चर्चासमेत गरे ।

भावुक हुँदै उनले भने, ‘मलाई तपाईहरुले नै उत्कृष्ट राष्ट्रपति बनाउनु भएको हो ।’

राष्ट्रपतिहरुबीच शान्तिपूर्ण सत्ता हस्तान्तरण नै अमेरिकी प्रजातन्त्रको विशिष्टता भएको उनले बताए । प्रत्येक जनताले आर्थिक अवसर पाउने अवस्था नभए प्रजातन्त्रले काम गर्न नसक्ने ओबामाको भनाइ थियो ।

अमेरिकाको पहिलो अश्वेत राष्ट्रपति ५५ वर्षीय ओबामा पहिलो कार्यकालका लागि सन् २००८ मा निर्वाचित भएका थिए । सन् २०१२ मा उनले दोस्रो कार्यकालका लागि जनादेश पाए ।

ओबामाको स्थानमा आउन लागेका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ओबामा प्रशासनका धेरै नीति परिवर्तन गर्ने घोषणा गरिसकेका छन् । ट्रम्पले जनवरी २० मा पदभार ग्रहण गर्दैछन् । (एजेन्सी)