Logo १८ आश्विन २०८३, आइतबार | Sun Oct 4 2026


सिंहदरवार अगाडि नाचगान र नाराजुलस सहित पृथ्वी जयन्ती मनाउन उर्लियो भीड (भिडियो)


156
Shares

माल्यार्पण कार्यक्रममा पुराना राजावादीहरु, पृथ्वी नारायण शाहका अनुयायीलगायतको सहभागिता थियो ।

त्यस क्रममा राष्ट्रिय भावनाले ओतप्रोत भएको गीतमा सिंहदबार अगाडिको सडक पेटीमा नाचगान गरिएको थियो । कार्यक्रममा सहभागीहरुले संघीयताका नाममा हिमाल, पहाड तथा तराई टुक्र्याउन नहुने भन्दै नाराबाजी गरेका थिए ।

सो अवसरमा २९५ औँ राष्ट्रिय एकता दिवस नागरिक मूल समारोह समिति, राष्ट्रिय एकता मञ्च, शिव सेना नेपाल, हिन्दू राष्ट्र जागरण अभियान नेपाल, संयुक्त सुशासनका लागि युवा सङ्गठन नेपाल, शाही युवा शक्ति, गोर्खाली तक्मा नेपाललगायत विभिन्न सङ्घसंस्थाको उपस्थिति थियो ।

देश तथा विदेशका विभिन्न भागमा पनि यस वर्ष पृथ्वी जयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरिँदै छ ।