‘न्याय दिलाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’ « Image Khabar


‘न्याय दिलाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण’


Imagekhabar
२७ पुष २०७३, बुधबार १३:४६

सर्वोच्च अदालतले बुधबार राजधानीमा गरेको अदालत र सञ्चारकर्मीबीचको छलफलका सहभागीहरुले न्यायालय र सञ्चार दुवैको काम सत्यको उद्घोष गर्ने भएकाले दुवैले एक अर्कामा समन्वय गर्नुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा न्यायिक सूचना सम्प्रेषणको प्रभावकारिताबारे सर्वोच्च अदालतका प्रवक्ता नहकुल सुवदीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, पूर्व सभापतिहरु सुरेश आचार्य, तारानाथ दाहाललगायतले न्यायका लागि सञ्चारक्षेत्रले खेल्न सक्ने भूमिकाका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्