१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


पृथ्वीनारायण शाहको सालिकमा १०८ मिटर लामो माला चढाइयो


0
Shares

तत्कालीन समयमा विभिन्न भागमा छरिएको भू–भागलाई शाहले एकीकरण गरी आधुनिक नेपाल निर्माणमा योगदान गरेको स्मरणमा शिवसेना नेपालद्वारा उनको २९५औं जन्मजयन्ती मनाएको हो ।

विभिन्न संघ–संस्थाका प्रतिनिधिलेसमेत उनको सालिकमा फूलगुच्छा चढाएर उनको योगदानको चर्चा गरेका थिए ।

गोर्खा समाजले शाहको तस्वीरलाई गाडीमा सजाएर नगरका विभिन्न स्थान परिक्रमा गराइ सिंहदरबार ल्याएर माल्यार्पण गरेको थियो ।

सो समाजको सहयोगमा नेपाल प्रहरीले बाजा बजाएर पृथ्वीनारायण शाहलाई भावपूर्ण श्रद्धाञ्जलि दिएका थिए ।

समाजका संस्थापक अध्यक्ष डा. उपेन्द्र देवकोटाले पृथ्वीनारायण शाहले निर्माण गरिदिएको मुलुकमा बस्ने नेपालीले उनलाई आदर गर्नुपर्नेमा जोड दिँदै पृथ्वीजयन्तीलाई एकता दिवसकारुपमा मान्नपर्ने बताए ।

राप्रपाका अध्यक्ष कमल थापाले आधुनिक नेपालको निर्माणमा पृथ्वीनारायण शाहले जीवन समर्पण गरेको विचार व्यक्त गर्दै उनको सम्मानमा राष्ट्रले औपचारिक कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

पूर्वमन्त्री सुनिल थापाले नेपालीले सदैव पृथ्वीनारायण शाहले मुलुकको एकीकरणमा खेलेको भूमिकालाई स्मरण गरी सम्मान गर्नुपर्ने बताए ।

शिवसेना नेपाललका अध्यक्ष अनिल बस्नेतले पछिल्लो समय पृथ्वीनारायण शाहको योगदानलाई ओझेलमा पार्ने कार्य भइरहेकामा चिन्ता व्यक्त गरे ।

पूर्वप्रधानसेनापति रुक्मांगत कटवालले ‘पृथ्वीनारायण शाहलाई अनादर गर्नु भनेको आफ्नो अस्तित्वलाई चुनौती दिनु हो’–भने । रासस