२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


न्याय पाउने प्रक्रियालाई लामो र झन्झटिलो नबनाउन प्रधानन्यायाधीशको निर्देशन


0
Shares

खोटाङ जिल्ला अदालतको नवनिर्मित भवनको बुधबार उद्घाट्न गर्दै उनले न्याय पाउनुपर्नेले नपाउने र नपाउनुपर्नेले न्याय पाउने अवस्थाप्रति सजग हुन न्यायाधीशहरुलाई सुझाव दिइन् ।

न्यायालयलाई सेवाग्राही मैत्री बनाउनुपर्ने भन्दै उनले न्याय पाउने प्रक्रियालाई लामो र झन्झटिलो नबनाउन निर्देशन दिइन् ।

हेलिकोप्टर चढेर खोटाङ आइपुगेकी प्रधानन्यायाधीश कार्कीले ‘गरिब, निमुखापीडितलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ’–भनिन् ।

‘असल डाक्टरकहाँ पुगेपछि बिरामीमा बाँच्ने आशा जागेजस्तै अदालत पुगेपछि न्याय पाउँछु भन्ने भावना सेवाग्राहीमा जगाउनुपर्ने’ उनको भनाइ थियो ।

लामो मुद्दा–मामिलाले दुबैपक्षलाई खरानी बनाउँछ भन्दै प्रधानन्यायाधीश कार्कीले अदालतहरुले मेलमिलापमा पनि बल गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश वैद्यनाथ उपाध्यायले फटाहाले झूठोलाई साँचो र साँचोललाई झूठो बनाएर न्याय सम्पादनलाई प्रभावित गर्ने भन्दै त्यस्तो अवस्थाप्रति सचेत रहनुपर्ने बताए ।

३ करोड ८९ लाख रुपैयाँ लागतमा जिल्ला अदालत भवन निर्माण गरिएको बताइएको छ ।