
तनहुँ युवा सञ्जालको अगुवाइमा ‘न कुनै जाति, न कुनै भेष, न कुनै पार्टी, गर्व गरौं नेपाली हुनुमा’ भन्दै र्याली निकालिएको हो । र्यालीमा स्वतस्फूर्तरुपमा सयौं युवाहरु सहभागी भएका थिए ।
‘पार्टीवादभन्दा माथि राष्ट्रवाद, अब देश बनाऊ, हाम्रो देश हाम्रै हातमा, समृद्ध नेपाल युवाको साथमा’जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका युवाहरुले दमौलीबजार परिक्रमा गरेका थिए ।
राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायण शाहको २९५औं जन्मजयन्तीको अवसरमा आयोजित शान्तिर्याली व्यास नगरपालिका १० स्थित अनशनचोकबाट सुरु भइ मुख्यचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बोल्ने युवाहरुले पृथ्वीनारायण शाहले स–साना राज्यहरु मिलाएर एउटा विशाल देश जिम्मा लगाएर छाडेको भन्दै उनको योगदानको अवमूल्यन नगर्न राजनीतिक दलहरुलाई सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्