
बुधबार पदभार ग्रहणपछि आयोजित स्वागत् कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्था नियमन गर्ने निकाय राष्ट्र बैंकजस्तै बीमा कम्पनीहरुको नियमन गर्ने निकाय समिति पनि सशक्त बन्नुपर्ने बताए ।
संस्थागत सुशासनलाई ध्यान दिँदै बीमाको पहुँच विस्तारमा समितिले ध्यान दिने उनको भनाइ छ ।
उनले सर्वसाधारणमा विश्वसनियता कायम गर्ने गरी सेवा विस्तार गर्न बिमा कम्पनीहरुलाई निर्देशन दिए ।
बिमा क्षेत्रलाई व्यवस्थित गर्न थप नयाँ कानुनी व्यवस्था आवश्यक रहेको भन्दै उनले त्यसका लागि समितिले पहल गर्ने पनि बताए ।
नेपाल राष्ट्र बैंकका कर्मचारी चापागाइँलाई सरकारले पुस १४ गते बिमा समितिको अध्यक्ष नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्