
कार्यकारी अधिकृत दीपक कोइरालाले ३३औं नगर परिषद्बाट पारित ०७४/७५ को नीति, कार्यक्रम तथा अनुमानित आयव्यय विवरण विहीबार प्रस्तुत् गरेका हुन् ।
आगामी आर्थिक वर्षका लागि उपमहानगरका तर्फबाट ८४ करोड ६५ लाख बराबर र मझौला सहर एकीकृत सहरी वातावरणीय सुधार परियोजनाअन्तर्गत् क्षेत्रीय विकास परियोजनाको तर्फबाट १ अर्ब ५ करोड बराबर गरी कुल १ अर्ब ८९ करोड रुपैयाँ बढी बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्