ब्राजिलमा ‘एलो फिभर’का कारण ३० जनाको मृत्यु, के हो एलो फिभर ?

स्वास्थ्य सचिवालयकाअनुसार कम्तीमा ३० जनाको ‘एलो फिभर’का कारण मृत्यु भएको छ भने बिरामीका अरु १० नमुनामा उक्त रोगको संक्रमण पुष्टि भएको साथै १०० भन्दा बढी शंकास्पद बिरामी भेटिएका छन् ।
‘एलो फिभर’ एक प्रकारको कडा भाइरलको संक्रमणबाट विकसित हुने रोग हो ।
यदि उक्त भाइरलको संक्रमणपछि एक हप्ताभित्र बिरामीले उपचार नपाएमा बिरामीको जीवन अत्यन्तै जोखिममा पर्छ । यो भाइरस बाँदरका प्रजातिमा प्रायः देखिने गर्छ ।
मानिसमा भने यो रोग ‘एलो फिभर’को भाइरसबाट संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । रासस/सिन्ह्वा