Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


कम्पनीमा अझै दर्ता भएनन् यातायात समितिहरु, अन्तिम मौकासहित सरकारको चेतावनी


0
Shares

काठमाडौं, चैत १ । सरकारले तीन महिनाभित्र कम्पनीमा दर्ता हुन यातायात समितिहरुलाई पुनः आह्वान गरेको छ ।

संघ संस्था ऐनअनुसार दर्ता भएका सबै समिति कानुन बमोजिम खारेज भएको जानकारी गराउँदै सरकारले उक्त आह्वान गरेको हो ।

कम्पनी ऐनको दफा ९ लाई संशोधन गरेर समितिलाई प्रालिमा दर्ता हुन आह्वान गरेको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले जानकारी दिए ।

‘यातायात व्यवसायीका लागि मात्र उक्त दफा संशोधन भएको हो, अन्यका लागि होइन,’ उनले भने, ‘संघसंस्था ऐन अन्तर्गत दर्ता भएकालाई एक पटकका लागि सरकारले मौका दिएको हो ।’ तोकिएको म्यादभित्र दर्ता नभए स्वतः खारेज हुने उनले बताए । –कान्तिपुर दैनिकबाट