२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कृषि उद्योगमा ५ प्रतिशत व्याज अनुदान दिने : प्रधानमन्त्री


0
Shares

परम्परागतढंगबाटै काम गर्ने राज्यसंरचनामा परिवर्तन आवश्यक रहेको उनको भनाइ छ ।

शुक्रबार राजधानीमा भएको नेपाल पोल्ट्री महासंघ अधिवेशनमा प्रधानमन्त्री दाहालले आर्थिक विकासका लागि गुणात्मक परिवर्तनमा सरकार लागिपरेको जिकिर गरे ।

उनले कृषि उद्योगमा बैंकहरुले गरेको लगानीको ५ प्रतिशत व्याज अनुदान दिने भनी बजेटमा गरिएको घोषणा तत्काल कार्यान्वयन गर्ने आश्वासन दिए ।

कृषि क्षेत्रको आधुनिकीकरणमा सरकारले आवश्यक सबै सहयोग गर्ने उनको भनाइ थियो ।

महासंघका अध्यक्ष गुणचन्द्र विष्टले लोडसेडिङ अन्त्य हुँदा पोल्ट्री व्यवसायीकोमात्रै करोडौं रकम बचत भएको बताए ।

उनले कृषि क्षेत्रको विकास र प्रबद्र्धनका लागि थोरै भएपनि सुधार गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

पोल्ट्री व्यवसायले राष्ट्रिय आयमा साढे ३ प्रतिशतको योगदान दिएको महासंघले जनाएको छ । १ लाख ५० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको पनि महासंघले जनाएको छ ।