गाम्बियामा राष्ट्रपतिले सत्ता नछोडेपछि राष्ट्रपति निर्वाचित बरोले देश छोडे « Image Khabar


गाम्बियामा राष्ट्रपतिले सत्ता नछोडेपछि राष्ट्रपति निर्वाचित बरोले देश छोडे


Imagekhabar
१ माघ २०७३, शनिबार १८:३७

राष्ट्रपति याह्या जाम्मेहले सत्ता छोड्न अस्वीकार गरेपछि अदामाले मुलुक छोडेका हुन् ।

जाम्मेहको पदावधि गत बिहीबार सकिएको छ । उनले सुरुमा गत डिसेम्बरमा सम्पन्न निर्वाचनमा पराजय स्वीकार गरे पनि पछि परिणाम नै रद्द गरिएको बताएका थिए ।

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी गाम्बिया पुगेर दुबै पक्षबीच सहमति गर्ने प्रयास गरे पनि त्यो असफल भएको छ ।

बरो मालीतर्फ लागेका छन् । त्यहाँ उनले पश्चिम अफ्रिकीमुलुकका नेताहरुसँग छलफल गर्ने बताइएको छ ।

अफ्रिकी युनियनका नेताहरुले जामेहको सत्तालाई लामो समय मान्यता नदिने जनाइसकेका छन् ।

५१ वर्षीय जामेहले सन् १९९४ मा सत्ता हत्याएका थिए । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्