Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


संविधान संशोधनबारे धेरै जिद्दी नगरौं : गृहमन्त्री


0
Shares

                                                                                         फाइल फोटो
थारु कल्याणकारिणी काठमाडौं उपत्यका समितिले शनिबार टुँडिखेलमा आयोजना गरेको राष्ट्रिय पर्व थारु माघी महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री निधिले संविधानसभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानमा रहे देखिएका कमी–कमजोरीलाई सच्चाएर सबै जातजाति, भाषाभाषी र समुदायका हक, अधिकार सुनिश्चित गरिने बताए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग विगतमा भएका सहमति पनि पूरा हुने र सबै राजनीतिक दल, समुदायसँगको सरसल्लाहमा सरकार अघि बढ्न चाहेको उनको भनाइ थियो ।

आयोजक संस्था थारु कल्याणकारिणी काठमाडौं उपत्यका समितिका संयोजक सत्यनारायण चौधरीले माघे संक्रान्ति र थारु समुदायबीचको अन्तरसम्बन्धकाबारेमा जानकारी गराएका थिए ।

महोत्सवमा थारु समुदायको भेषभूषा, कला–संस्कृति झल्कने नृत्य, गीत–संगीत प्रस्तुत् गरिनुका साथै थारु समुदायका खानपिनका कक्ष राखिएका छन् । रासस